१५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ : प्रधानमन्त्री ओली - Chaitanya News
  • 2026-05-13
  • 23:17:58
  • बुधबार,बैशाख ३०, २०८३
  • १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ : प्रधानमन्त्री ओली

    १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ गते काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका छन्।

    आज (आइतबार) बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।

    यस्तै उनले राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्त्वहरू सलबलाउँदा एमालेहरूको मनोबल गिर्न नहुने उल्लेख गर्दै लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरूले फैलाउने भ्रम चिर्न आग्रह गरे।

    अध्यक्ष ओलीले प्रतिगामीहरूले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन पनि निर्देशन दिए। ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ’, अध्यक्ष ओलीले भने, ‘कसरी कुन संस्था अगाडि लाग्छ, त्यसलाई छाड्दिनुस्। आन्दोलनमा प्रोटोकल सोर्टकलका कुरा हुँदैन। सबै एकैतिर अघि बढ्ने।

    उनले राजावादीहरू कुनै महान् उद्देश्यका लागि लडिनरहेको पनि बताए। ‘जनता र सरकार मौन बसेको अवस्थाको फाइदा लिएर अनावश्यक फुर्तिफार्ति देखाएका छन्’, उनले भने, ‘यी अक्षता मन्साउने हुन्। ढ्याङग्रो लिएर एमाले मैदानमा उत्रेपछि यी कता कता दुला पस्छन्।