1. वैज्ञानिकहरु द्धारा अनुसन्धान गरिएको पहिलो ग्रह कुन हो ?
A. मंगल B. शुक्र C. शनि D. बुध
2. मेडिटेरेनियनसि सँग सिमाना जोडिने महादेश कुन कुन हुन ?
A. युरोप,अष्ट्रलिया र अफ्रिका B. युरोप,अष्ट्रलिया र एशिया
C. युरोप, एशिया र अफ्रिका D. अष्ट्रलिया, एशिया र दक्षिण
3. तल दिइएका जोडाहरु विचार गर्नुहोस् ।
संस्थाहरु नेपाल सदस्य
1. IBRD – सन् १९६१
2. IFC – सन् १९६६
3. IDA – सन् १९६३
4. FAO – सन् १९६०
माथि दिइएका जोडामा कुन गलत छ ।
A. १ मात्र B. २ मात्र C. ३ मात्र D. ४ मात्र
4. सिंगलिला पर्वत नेपालको कुन जिल्लामा पर्दछ ?
A. तेह्रथुम B. ताप्लेजुङ C. दोलखा D. सुर्खेत
5.” Fall of Bastille” के सँग सम्बन्धित छ ?
A. फ्रान्सेली राज्य क्रान्ति B. तीस वर्षे युद्ध C. नेपोलियन युद्ध D. सप्तवर्षीय युद्ध
6. म्याष्ट्रिच सन्धि सम्बन्धि तलका भनाई विचार गर्नुहोस् ।
क) सन्धि सन् १९९१ डिसेम्बर ११ मा भएको थियो ।
ख) यस सन्धिमा हस्ताक्षर गर्ने पहिलो राष्ट्र आयरल्याण्ड हो ।
ग) यो सन्धि लागु सन् १९९३ नोभेम्बर १ देखि भएको हो ।
माथि दिइएका भनाईहरुमा कुन कुन ठिक छन् ।
A. क र ख ठिक B. क र ग ठिक C. सबै ठिक D. ख र ग ठिक
7. टिंकर खोला तलका मध्ये कुन नदीमा गएर मिसिन्छ ?
A. राप्ती B. महाकाली C. मादी D. लिखु
8. विश्व रेडियो दिवस कहिले मनाईन्छ ?
A. मे २३ B. जनवरी २ C. अक्टोबर १४ D. फेब्रअरी १३
9. तलका भनाई विचार गर्नुहोस् ।
१. सुर्य केन्द्रित सिद्धान्तका प्रतिपादक निकोलस कोपर्निकस हुन ।
२. Bakelite थर्मोसेटिङ प्लास्टिक सँग सम्बन्धित छ ।
३. क्षयरोग र कुष्ठरोग दुवैमा प्रयोग हुने औषधी Rifampicin हो ।
A. १ मात्र सहि B. २ मात्र सहि C. ३ मात्र सहि D. सबै सहि
10.’Silent Killer’ देहायका मध्ये कुन रोग सँग सम्बन्धित रहेको छ ?
A. हेपाटाईटिस “बी ” B. हेपाटाईटिस “सी” C. डेंगु रोग D. हेपाटाईटिस “ए”
11. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
शास्त्र अध्ययन
a. Archaeology 1. मानव विकास सम्बन्धि
b. Astronomy 2. पुरातत्व विज्ञान
c. Apiculture 3. अन्तरिक्ष पिण्डको विज्ञान
d. Anthropology 4. मौरिपालन उत्पादन
A) a3,b1,c4,d2 B) a2,b3,c4,d1 C) a1,b2,c4,d3 D) a3,b2,c1,d4
12. लिच्छवीकालमा प्रशासनिक कार्य गर्ने सरकारी अड्डालाई के भनिन्थ्यो ?
A. चाण्डाल B. अधिकरण C. तिलकम D. सामन्त
13. निम्नमध्ये सबैभन्दा पछि स्थापना भएको राष्ट्रिय निकुञ्ज कुन हो ?
A. पर्सा B. शुक्लाफाटा C. खप्तड D. शिवपुरी नागार्जन
14. नेपालमा भएका ६ वटा संरक्षण क्षेत्र मध्ये स्थापनाको आधारमा सुरु देखि अन्त्य सम्मको कुन क्रम सहि छ ?
A. अन्नप्र्ण, कञ्चनजंघा, कृष्णासार, मनास्लु, गौरीशंकर र अपिनम्पा
B. अन्नप्र्ण, कञ्चनजंघा, कृष्णासार, गौरीशंकर, अपिनम्पा र मनास्लु
C. अन्नप्र्ण, कञ्चनजंघा, मनास्लु, कृष्णासार, गौरीशंकर र अपिनम्पा
D. कृष्णासार, मनास्लु, गौरीशंकर, अपिनम्पा, कञ्चनजंघा र अन्नप्र्ण
15.WWF को प्रकृति संरक्षण पुरस्कार, २०२४ कुन स्थानिय तहले प्राप्त गरेको हो ?
A. मुसिकोट नगरपालिका B. धनगढी उपमहानरपालिका
C. किर्तिपुर नगरपालिका D. गलकोट नगरपालिका
16. राष्ट्रिय जनगणना २०७८ अनुसार तलका भनाई विचार गर्नुहोस् ।
क) आर्थिक रुपले सक्रिय जनसंख्या ६५.५ प्रतिशत रहेको ।
ख) आर्थिक रुपले निष्क्रिय जनसंख्या ३४.३ प्रतिशत रहेको ।
A. क मात्र ठिक B. दुबै बेठिक C. ख मात्र ठिक D. दुवै ठिक
17. नेपाल र चीन वीच भएका सन्धी मितिका आधारमा कुन जोडा गलत छ ?
A. केरुङ सन्धी – वि.सं. १८४६ B. बेत्रावत्ति सन्धी – वि.स. १८४९
C. वाणिज्य सन्धी – वि.सं. १८३५ D. शान्ति तथा मैत्री सन्धी – सन् १९५०
18. देहायका मध्ये कुन भनाई गलत छ ?
A. हिन्द महासागर एशियाको दक्षिणमा अवस्थित छ ।
B. हिन्द महासागर तेस्रो ठूलो महासागर हो ।
C. मरियाना ट्रेञ्च हिन्द महासागरको सबैभन्दा गहिरो ठाउँ हो ।
D. हिन्द महासागरलाई ‘तेलको महासागर’ को उपनामले चिनिन्छ ।
19. कमैया प्रथाको अन्त्य वि.सं. २०५७ श्रावण २ मा कुन प्रधानमन्त्रीको पालामा भएको हो ?
A. कृष्णप्रसाद भट्टराई B. गिरिजाप्रसाद कोइराला
C. लोकेन्द्र बहादुर चन्द D. शेरबहादुर देउवा
20. बुद्ध धर्मका ५ रङ मध्ये कलेजी रङले के जनाउँछ ?
A. अस्थितधातु B. अन्तस्करण C. अन्तरमन D. रगत
उत्तरहरूः
1. B 11. B
2. C 12. B
3. D 13. A
4. B 14. C
5. A 15. B
6. C 16. D
7. B 17. C
8. D 18. C
9. D 19. D
10. A 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100