शान्तिसुरक्षामा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई गृहमन्त्री लेखकको निर्देशन - Chaitanya News
  • 2026-05-13
  • 23:18:51
  • बुधबार,बैशाख ३०, २०८३
  • शान्तिसुरक्षामा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई गृहमन्त्री लेखकको निर्देशन

    शान्तिसुरक्षामा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई गृहमन्त्री लेखकको निर्देशन

    काठमाडौँ– गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षा मुलुकको पहिलो सर्त भएकाले यसमा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

    आज (शुक्रबार) जनकपुरमा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै मन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् । यस्तै उनले शान्तिसुरक्षा नभए मुलुकमा सुशासन कायम हुन नसक्ने भएकाले सबै सुरक्षा निकायहरूलाई जिम्मेवारीपूर्वक र अनुशासित रूपमा कार्य गर्न निर्देशन दिए।

    उनले विकास र समृद्धिका साथै आर्थिक गतिविधि चलायमान बनाउन मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्ने बताए। १० वर्षको सशस्त्र द्वन्द्वका समयमा शान्ति सुरक्षाको स्थिति कमजोर भएकाले विकासका काम अवरुद्ध भएको उनले बताए।