नवनियुक्त गभर्नर पौडेलको पहिलो निर्णय: ५ सय र हजारका नोट छाप्न हस्ताक्षर - Chaitanya News
  • 2026-07-05
  • 13:19:05
  • आइतबार,आषाढ २१, २०८३
  • नवनियुक्त गभर्नर पौडेलको पहिलो निर्णय: ५ सय र हजारका नोट छाप्न हस्ताक्षर

    नवनियुक्त गभर्नर पौडेलको पहिलो निर्णय: ५ सय र हजारका नोट छाप्न हस्ताक्षर

    काठमाडौँ– नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेसँगै पाँच सय र एक हजारका नोट छाप्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

    आज (बुधबार) प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएलगत्तै बालुवाटार पुगेर पदभार ग्रहण गरेका गभर्नर पौडेलले पाँच सय र एक हजारका नोट छाप्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।

    पदभार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकारले ल्याउने बजेट कार्यान्वयनका लागि सोही अनुरूप मौद्रिक नीति तर्जुमा गरिने बताए।

    मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन सबैसँग समन्वय गरेरै अघि बढ्ने गभर्नर पौडेलको भनाइ छ।