अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबिच भेटवार्ता, के भयो कुराकानी ? - Chaitanya News
  • 2026-07-05
  • 13:20:15
  • आइतबार,आषाढ २१, २०८३
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबिच भेटवार्ता, के भयो कुराकानी ?

    अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबिच भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौँ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले भेटवार्ता गरेका छन्। आज (बुधबार) बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेट गरेका हुन्।

    सो भेटका अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए। अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबिच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्त्वपूर्ण पहल गर्नुहुने विश्वास व्यक्त गरे।

    नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्तीय नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने बताए। उनले वित्तीय क्षेत्रको प्रभावकारिता अभिवृद्धिका लागि राष्ट्र बैंकको नियामकीय र सुपरीवेक्षकीय क्षमता वृद्धिमा जोड दिने प्रतिबद्धता व्यक्त गरे।

    भेटका अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतले गभर्नर पौडेललाई बधाई तथा शुभकामना दिएका थिए।