शंकर पोखरेलले भने: सत्ता गठबन्धनले ०८४ को चुनावसम्म निरन्तरता पाउँछ - Chaitanya News
  • 2026-05-14
  • 00:30:32
  • बुधबार,बैशाख ३०, २०८३
  • शंकर पोखरेलले भने: सत्ता गठबन्धनले ०८४ को चुनावसम्म निरन्तरता पाउँछ

    शंकर पोखरेलले भने: सत्ता गठबन्धनले ०८४ को चुनावसम्म निरन्तरता पाउँछ

    काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनले ८४ को चुनावसम्म निरन्तर रहने बताएका छन् ।

    आज (बुधबार) प्रेस चौतारी दाङ शाखाले गरेको पत्रकार सम्मेलनमा पोखरेलले वर्तमान सत्ता गठबन्धन नै निरन्तरता पाउने दाबी गरेका हुन्। यस्तै सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार भएको उनले बताए।

    सत्ता साझेदार दलबिच असमझदारी नहुँदासम्म सरकार नढल्ने भन्दै उनले साना दलले ठुला दलमाथि शासन गर्ने परिपाटिको अन्त्य गर्न एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गरेको पोखरेलले जिकिर गरे।

    ‘दुई दलबिच असमझदारी हुँदासम्म सरकार ढल्दैन’, उनले भने, ‘असमझदारी नभए पछि कसैले सरकार ढल्छ भन्नै पर्दैन।