मकवानपुर– बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ। बैठकमा आर्थिक वर्ष २०८२–८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची रहेको छ।
हिजो (मङ्गलबार) को बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आव २०८२–८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।