आजको मौसम: यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-03
  • 14:20:40
  • आइतबार,बैशाख २०, २०८३
  • आजको मौसम: यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    आजको मौसम: यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौँ– जल तथा मौसम विभागले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छजानकारी दिएको। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

    यस्तै आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्यांगसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च(पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ।

    आज राती कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बद रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक(दुई स्थानमा मेघगर्जनरचट्यांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च(पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।