गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल - Chaitanya News
  • 2026-11-16
  • 15:27:04
  • सोमबार,मंसिर ०१, २०८३
  • गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल

    गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल

    काठमाडौं– गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ। आज (मंगलबार) बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो।

    जसमध्ये पहिलो नम्बरमा विश्व पौडेलको नाम छ। यस्तै दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस भएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै बिहान गभर्नरमा पौडेललाई नियुक्त गर्ने सहमति जुटेको थियो।

    अहिले तीनजनाकै नाम लिएर अर्थमन्त्री विष्णु पौडेल मन्त्रिपरिषद् बैठकका लागि बालुवाटार पुगिसकेका छन्।