भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत - Chaitanya News
  • 2026-11-16
  • 15:26:24
  • सोमबार,मंसिर ०१, २०८३
  • भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

    भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

    काठमाडौँ– प्रतिनिधि सभाको आजको दोस्रो बैठकले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत गरेको छ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरिएको हो। त्यसलगत्तै सभामुख देवराज घिमिरेले विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्न चाहने सांसदलाई विधेयक शाखामा दर्ता गराउन आग्रह गरे।