काठमाडौँ– नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने सम्भावना बढेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति भएको सो्रतले जानकारी दिएको छ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा.पौडेल यसअघि गभर्नर सिफारिस समितिमा थिए। कांग्रेसले उनलाई गभर्नरका लागि प्रस्ताव गरेपछि उनले समितिबाट राजीनामा दिएका थिए। लामो समयको रस्साकस्सीपछि मंगलबार दुवै नेताबीच सहमति जुटेको हो।