टोखाबाट बरामद गरिएको २५ करोड बराबरको अवैध विदेशी मुद्राको मुख्य दोषीलाई पक्राउ गर्न सांसद खतिवडाको माग - Chaitanya News
  • 2026-11-16
  • 15:26:44
  • सोमबार,मंसिर ०१, २०८३
  • टोखाबाट बरामद गरिएको २५ करोड बराबरको अवैध विदेशी मुद्राको मुख्य दोषीलाई पक्राउ गर्न सांसद खतिवडाको माग

    टोखाबाट बरामद गरिएको २५ करोड बराबरको अवैध विदेशी मुद्राको मुख्य दोषीलाई पक्राउ गर्न सांसद खतिवडाको माग

    काठमाडौँ– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले टोखाबाट बरामद गरिएको २५ करोड बराबरको अवैध विदेशी मुद्राको मुख्य दोषीलाई पक्राउ गर्न माग गरेका छन्।

    आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सो माग गरेका हुन् । यस्तै उनले ड्राइभर र व्यापारीलाई पक्राउ गरेर मात्रै नपुग्ने भन्दै प्रकरणको मुख्य संरक्षक र मालिकसम्म पुगेर अनुसन्धान गर्न जोड समेतदिए।

    सांसद खतिवडाले विभिन्न प्रकरणमा सधैं ड्राइभर र भरियालाई मात्रै पक्रने, तर मुख्य दोषी र तिनको कनेक्सनबारे खुलासा नगर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, “केही महिनाअघि टोखाबाट २५ करोड बराबरको युरो र डलर बरामद गरियो। ड्राइभर र व्यापारीलाई थुनियो, तर मुख्य संरक्षक को हो ? मालिक को हो रु कनेक्सन कहाँ(कहाँ छ ? को–को संलग्न छन् ? सरकारले सदनलाई जानकारी गराओस्।

    राजस्व अनुसन्धान विभागले यो प्रकरणमा कुसाङ लामा र नारायण पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूमाथि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३, ४, ५ र ९ अनुसार कसूरमा मुद्दा चलाइएको हो।

    लामाले यसअघि चोरी पैठारी मुद्दामा सजाय भोगिसकेका छन्। सजाय भुक्तान गरेको पाँच वर्षभित्र पुन कसूर गरेकोले उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४४ (२) बमोजिम थप सजाय हुने भएको छ।

    बरामद गरिएको विदेशी मुद्रा (१३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० अमेरिकी डलर) विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ (१)बमोजिम जफत गर्न माग गरिएको छ। साथै, वारदातमा प्रयोग भएको ना ७ ख १६५२ नम्बरको ट्रकलाई कसूरजन्य सम्पत्ति तथा साधन ९रोका, नियन्त्रण र जफत० ऐन, २०७४ को दफा ११ अनुसार जफत गर्न मुद्दा दायर भएको छ।