लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-02-17
  • 14:52:26
  • मंगलबार,फाल्गुण ०५, २०८२
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1.आसियान राष्ट्रहरूमध्ये जनसंख्याको  आधारमा सबैभन्दा ठुलो  राष्ट्र कुन हो ?
    a. इण्डोनेसिया             B.  सिंगापुर        C.  ब्रुनाई            D.  म्यानमार
    2. उत्कृष्ट डिजिटल बैङ्किङ तथा कार्ड भुक्तानी सेवा प्रदान गरे बापत प्रतिष्ठित ‘पेमेन्टस् एक्सिलेन्स अवार्डस् २०२३’ प्राप्त गर्न सफल नेपाली बैङ्क कुन हो ?
    A. एनआइसी एसिया बैङ्क        B) Global IME Bank
    C) Everest Bank                 D) Kumari Bank
    3. नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ?
    A. भारोपेली                  B.  द्रविड              C. भोटबर्मेली           D.  आग्नेय
    4. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. युरोपेली संसदमा सबैभन्दा बढी सांसद हुने देश जर्मन हो ।
    २. युरोपेली संसदमा सबैभन्दा कम सांसद हुने देश माल्टा हो ।
    ३. युरोपेली परिषद्को स्थापना सन् १९९४ डिसेम्बर १० मा भएको हो ।
    A. १,२ मात्र सहि           B.  २,३ मात्र सहि      C.  सबै सहि            D. सबै गलत
    5. सार्कले मनाएका वर्षको क्रम मिलाउनुहोस् ।a. सार्क असल शासन वर्ष              b. सार्क युवा वर्ष               c. सार्क साक्षरता वर्ष
    d. सार्क वातावरण वर्ष                       e. सार्क बालिका वर्षA) e, d, b, c, a                            B) d, e, b, c, aC) e, d, b, a, c                            D) a, b, c, d, e
    6. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    नदीको नाम सहर 
    a. इरावदी              1.  टोकियो 
    b.  सेन्ट लरेन्स        2.  रंगुन 
    c.  हड्सन              3.  ओटावा 
    d.  टाईबर              4.  न्युयोर्क 
                                  5.  रोम
    A) a1,b2,c3,d4       B) a2,b3,c5,d1        C) a2,b3,c4,d5     D) a4,b3,c1,d2
    7. दिइएका मध्ये क्यास्पियन ताललाई नछुने देश कुन हो ?
    a. तुर्केमेनिस्तान           B. अजरवैजान            C. रसिया                D.  इराक
    8. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    समुह I                           समुह II
    A. उत्तरी ध्रव                 1.  एमण्डसेन 
    b.  दक्षिणि ध्रव              2.  रोवर्ट पियरी  
    c. भारत                        3.  क्यापटेन जेम्स कुक
    d. अष्ट्रेलिया                  4. भास्को डि गामा 
    e.  पश्चिमी द्धिप             5.  क्रिष्टोफर कोलम्बस  
    A) a2,b1,c4,d3,e5   B) a4,b1,c2,d3,e5   C) a1,b2,c3,d4,e5   D) a2,b3,c4,d1,e5
    9. विश्वको सबै भन्दा सुख्खा मरुभूमि कुन हो ?
    A.  साहारा मरुभूमि      B.  कालाहारी मरुभूमि        C. नुवियन मरुभूमि  D.  अटकामा मरुभूमि
    10. देशान्तरको सम्बन्धमा तल दिइएको भनाई विचार गर्नुहोस् ?
    १. देशान्तर रेखाहरु एक अर्को सगँ समानन्तर हुन्छन ।
    २. सबै देशान्तर रेखाहरु पुर्ण वृत्ताकार हुन्छन ।
    ३. अन्तर्राष्ट्रिय तिथि रेखा बाङगो टिङगो रहेको छ ।
    A. सबै गलत         B.  २ सहि १,३ गलत      C.  ३ सहि १,२ गलत      D.  सबै सहि
    11. नेपालमा रहेका विभिन्न संग्रहालयको सम्बन्धमा कुन जोडा गलत छ ?
    A.  मुद्रा संग्रहालय -छावनी, काठमाण्डौँ
    B. सर्प संग्रहालय – दमक , झामा
    C. लोबाजा संग्रहालय – भक्तपुर, चितवन
    D. पर्वतीय संग्रहालय – पोखरा
    12. तल दिइएका भनाई विचार गरि सहि उत्तर छनोट गर्नूृहोस् ।
    १. नेपालमा सबैभन्दा बढि नगरपालिका भएको प्रदेश मधेश प्रदेश हो ।
    २. नेपालमा सबैभन्दा बढि गाउपाँलिका भएको कोशी प्रदेश मा रहेको छ ।
    ३. नेपालमा सबैभन्दा बढि स्थानीय तह बागमति प्रदेशमा रहेका छन ।
    A. १,२ सहि ३ गलत        B.  सबै सहि          C.  १,३ सहि २ गलत        D. सबै गलत
    13. नमिल्ने जोडा छान्नुहोस् ।
    १. छरद्धरे – पाल्पा
    २. सुलिगाड – डोल्पा
    ३. ओडारी -मुगु
    ४. जोरपानी – डोटी
    A.  १ र २                      B.  ३ मात्र               C. २ र ३ मात्र                  D. ४ मात्र
    14. नयाँ नेपाल भनेर चिनिने सुगौलि सन्धीबाट गुमेको नेपालको भु भाग अग्रेंजहरुबाट कहिले फिर्ता पाएको हो ?
    A. वि.स.१९०३              B.  वि.स १९१३        C.  वि.स १९१७              D.  वि.स १९२०
    15. तल दिएका कथनका सम्बन्धमा कुन ठीक हो कुन बेठीक हो छुट्याउनुहोस्‌ ।
    a.  डाइनामोको आविष्कारक माइकल फराडे हुन्‌ ।
    b.  क्यालकुलेटरका आविष्कारक पास्कल हुन्‌
    c.  मेर्कमलनले साइकल आविष्कार गरेको थिए ।
    A. a  बेठीक, b ठीक, c बेठीक                   B. a  ठीक, b  बेठीक, c  ठीक
    C. a ठीक, b  ठीक, c बेठीक                     D.  सबै ठीक
    16. पोलियो विरुद्धको खोप पत्ता लगाउने वैज्ञानिक को हुन्‌ ?
    A.  विलियम रोउन्टजेन       B.  कार्ल लेड स्टीनर      C.  लुई पाश्चर        D.  जीन साल्क
    17. नेपालबाट प्रदान गरिने सर्वाधिक राशिको पुरस्कार कुन हो ?
    A.   मदन पुरस्कार                                       B.  साझा पुरस्कार
    C.  गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ती पुरस्कार    D.  राष्ट्रदिप
    18. विभिन्न दिवस र तिनका मनाउने मिती बीच जोडा मिलाइ सहि उत्तर छनोट गर्नुहोस् ।
    दिवस मनाउने मिती
    a. वातावरण दिवस                 1.  ५ जुन
    b. वन महोत्सव                      2.  २९ जुलाई
    c. बाघ दिवस                         3.  २२ मे
    d.  जैविक विविधता दिवस     4.  २१ मर्च
    A) a3,b4,c1,d2      B) a2,b3,c1,d4    C) a1,b4,c2,d3      D) a3,b2,c4,d1
    19. तल दिइएका मध्ये कुन जोडा गलत छ ?
    मातृभाषा लिपिहरु
    A. भोजपुरी भाषा – कैथी                  B. मैथली भाषा – तिरुहुता
    C. पाली भाषा – सिरिजङगा             D.  नेवारी भाषा – भुजिमोल
    20. तल दिइका घट्नाहरु घटेको आधारमा पहिला देखि पछिको क्रम पत्ता लगाउँनुहोस् ।
    A.  लाईब्रेरी पर्व, जयतु संस्कृतम, राल्फा आन्दोलन, मकै पर्व,
    B. जयतु संस्कृतम, लाईब्रेरी पर्व, मकै पर्व, राल्फा आन्दोलन
    C.  मकै पर्व, राल्फा आन्दोलन, जयतु संस्कृतम, लाईब्रेरी पर्व,
    D.  मकै पर्व, लाईब्रेरी पर्व, जयतु संस्कृतम, राल्फा आन्दोलन
    उत्तरहरू:
    1. A      11. C
    2. A     12. A
    3. B    13. B
    4. C    14. C
    5. A    15. D
    6. C    16. D
    7. D    17. C
    8. A    18. C
    9. D    19. B
    10. C   20. D

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100