1. निम्न भनाईहरु विचार गर्नुहोस् ।
क) नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको सदुरमुकाम हुम्लाको सिमीकोट हो ।
ख) सप्तकोशीको सबैभन्दा ठुलो सहायक नदी अरुण हो ।
ग) मुख्य हिमालयको उत्तर र तिब्बती सिमानाको दक्षिणमा रहेको क्षेत्रलाई सिमान्त हिमालय भनिन्छ ।
A. सबै ठिक B. क र ग ठिक C. ख र ग ठिक D. सबै बेठिक
2. नेपालको प्रामाणिक समय कति देशान्तरको आधारमा लिएको छ ?
A. ८६ डिग्री ४ मिनेट B. ८६ डिग्री ८ मिनेट C. ८६ डिग्री १२ मिनेट D. ८६ डिग्री १५ मिनेट
3. भारतलाई मात्र छुने जिल्ला कति वटा रहेका छन् ?
A. २५ जिल्ला B. २७ जिल्ला C. २४ जिल्ला D. ३७ जिल्ला
4. हिमशिला कुन सँग सम्बन्धित रहेको छ ?
A. पहाडमा रहेको हिउँको थुप्रो B. समुद्रमा तौरिएर रहेको हिउँको ढिक्का
C. जमिनमा रहेको हिउँको थुप्रो D. पहाडको फेदीमा रहेको हिउँको थुप्रो
5. दक्षिण एशियामा बहने मौसमी वायु कुन महासागरबाट उत्पन्न हुन्छ ?
A. प्रशान्त महासागर B. आन्ध्र महासागर C. हिन्द महासागर D. कुमेरु महासागर
6. निम्नलिखित कथनहरु मध्ये कुन कथन ठीक होईन् ?
A. म्याग्नाकार्टालाई मानव अधिकार विकासको प्राचिन दस्तावेज मानिन्छ ।
B. औद्योगिक क्रान्तिको सुरुवात ईटालीबाट भएको हो ।
C. फ्रान्सको राज्य क्रान्तिलाई बौद्धिक क्रान्ति पनि भनिन्छ ।
D. भारतीय स्वतन्त्रता आन्दोलनमा सन् १९१९ देखि १९४७ सम्मको अवधिलाई गान्धी युग भनेर चिनिन्छ ।
7. तलका उल्लेखित जोडा विचार गर्नुहोस् ।
1. मेसिन गन – अमेरिका 2. टेलिफोन – अलेक्जेण्डर ग्राहम बेल
3. साईकल – स्कटल्याण्ड 4. ब्यारोमिटर – फ्रान्स
माथि उल्लेखित कुन जोडा गलत छ ?
A. 1 मात्र B. 2 मात्र C. 3 मात्र D. 4 मात्र
8. लक्ष्मीनरसिंह मल्ल कहाँका राजा थिए ?
A. भक्तपुर B. काठमाण्डौँ C. पाटन D. किर्तिपुर
9.जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
समूह I समूह II
a. अलौ पर्व 1. वि.सं. १९१२
b. थापाथली सन्धि 2. वि.सं. १९८१
c. कोत पर्व 3. वि.सं. १९०४
d. दासत्व मोचन 4. वि.सं. १९०३
A) a4,b3,c1,d2 B) a1,b2,c3,d4
C) a2,b1,c4,d3 D) a3,b1,c4,d2
10. लिम्बु भाषाको पहिलो चलचित्र कुन हो ?
A. नुफामुङ B. खाङ्ग्री C. गुरु दक्षिण D. चितभुज
11.’Principle of Experiment’ भनेर कुन वैज्ञानिकलाई चिनिन्छ ?
A. आर्कमिडिज B. ग्यालिलियो ग्यालिली
C. माईकल फराडे D. आईज्याक न्युटन
12. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
दिवस मिति
a. विश्व अर्वुद रोग दिवस 1. सेप्टेम्बर २९
b. विश्व क्षयरोग दिवस 2. फेब्रुअरी ४
c. विश्व स्वास्थ्य दिवस 3. मार्च २४
d. विश्व मुटु दिवस 4. अप्रिल ७
A) a2,b3,c4,d1 B) a4,b3,c2,d1
C) a2,b1,c4,d3 D) a1,b2,c3,d4
13.1 AU भन्नाले के बुझिन्छ ?
A. पृथ्वी र चन्द्रमामा बीचको दुरी B. सूर्य र चन्द्रमा बीचको दुरी
C. पृथ्वी र सूर्य बीचको दूरी D. पृथ्वी र मंगल ग्रह बीचको दूरी
14. कुन जोडा मिल्दैन् ।
A. सामाजिक सुरक्षाको हक- धारा ४४ B. दलितको हक – धारा ४०
C. खाद्य सम्बन्धि हक – धारा ३६ D. आवासको हक – धारा ३७
15.तलका भनाई विचार गर्नुहोस् ।
i. संघको सबैभन्दा पछिल्लो सदस्य राष्ट्र दक्षिण सुडान (१९३) हो ।
ii. SAFTA मा नेपालको तर्फबाट डा. भेष बहादुर थापा ले हस्ताक्षर गरेका थिए ।
iii. सार्कले पहिलो पटक सम्बन्ध कायम गरेको अन्तर्राष्ट्रिय संगठन UNCTAD हो ।
A.i र ii मात्र ठिक B. ii र iii मात्र ठिक
C. i र iii मात्र ठिक D. i,iiर iii सबै ठिक
16.UEFA युरोपेली च्याम्पियन लिग २०२४ को उपाधि कसले जितेको थियो ?
A) Manchester City B) Inter Milan
C) Real Madrid D) Barcelona
17. विश्व माटो दिवस, २०२४ को नारा के रहेको थियो ?
A) ‘Soil and Water: A Source of Life”.
B) ‘Soils: where food begins. ‘
C) Keep soil alive, protect soil biodiversity’.
D) ”Caring for soils : Measure, Monitor, Manage”
18. अमेरिकाको क्यालिफोर्नियामा कहिले भिषण आगलागी भएको छ ?
A. सन् २०२५ जनवरी १ B. सन् २०२५ जनवरी ७
C. सन् २०२५ जनवरी १० D. सन् २०२५ जनवरी २
19.आर्थिक सर्वेक्षण २०८०÷८१ अनुसार तलका भनाई विचार गरि सहि विकल्प रोज्नुहोस् ।
१. सबै भन्दा बढी वैदेशिक रोजगारमा कामदार गएका देशहरु क्रमशः युएई, मलेसिया, साउदी अरब, कतार र कुवेत हुन् ।
२. ९५.५ प्रतिशत जनसंख्यामा आधारभुत सरसफाईमा पहुँच पुगेको छ ।
३. जडित क्षमतामा नविकरणीय उर्जाको हिस्सा ५.९ प्रतिशत रहेको ।
४. विमाको पहुँचमा पुगेको जनसंख्या ४३.१६ प्रतिशत रहेको ।
A. १ र ४ मात्र ठिक B. ३ र ४ मात्र ठिक
C. २ र ४ मात्र ठिक D. सबै ठिक
20. १६ औ योजनाले योजनाको अन्त्य सम्ममा गरिबीको रेखामुनि रहेको जनसंख्या कति प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ?
A. १८ प्रतिशत B. ११ प्रतिशत C. २० प्रतिशत D. १२ प्रतिशत
उत्तरहरू:
1. A 11. C
2. D 12. A
3. A 13. C
4. B 14. A
5. C 15. D
6. B 16. C
7. D 17. D
8. A 18. B
9. D 19. D
10. A 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100