लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर) - Chaitanya News
  • 2025-05-15
  • 15:14:49
  • बिहिबार,जेठ ०२, २०८२
  • लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    १. जनसम्पर्क (Public Relation) भनेको के हो? सार्वजनिक सेवा प्रवाहमा यसको के महत्त्व रहन्छ? उल्लेख गर्नुहोस्। ५+५=१०

    कार्यालय वा निकाय र जनताबीच सेवाप्रवाह तथा जानकारी, सूचना आदानप्रदानका लागि गरिने समग्र व्यवस्थापकीय प्रबन्ध

    जनसम्पर्क (Public Relation)

    – सार्वजनिक व्यक्ति, संस्था, कार्यालय वा निकाय र जनताबीच सेवाप्रवाह तथा जानकारी, सूचना आदानप्रदानका लागि गरिने समग्र व्यवस्थापकीय प्रबन्ध जनसम्पर्क हो। स्वच्छ, सकारात्मक र प्रभावकारी सार्वजनिक छवि कायम राख्न सार्वजनिक व्यक्ति, संस्था, कार्यालय वा निकायले सर्वसाधारण जनता, सेवाग्राही एवम् सरोकारवालासँग गर्ने उचित सम्पर्क, सम्बन्ध, समन्वयको समग्रतालाई जनसम्पर्क भनिन्छ।
    – कुशल जनसम्पर्क कार्यालयको ख्याती बढाउने महŒवपूर्ण कार्यालयीय कार्यविधि हो। कार्यालयमा कार्यरत कर्मचारीहरुले जनता, सेवाग्राही, सरोकारवालासँग सम्पर्क गरिरहेका हुन्छन्।
    – यसको माध्यमबाट सरोकारवालाको गुनासो सुन्ने, आÇना गतिविधिको जानकारी गराउने, कामकारवाहीलाई पारदर्शी बनाउने, समस्या पहिचान गर्ने, अनुभवको आदानप्रदान गर्ने, राय, सल्लाह, परामर्श लिनेदिने गर्न सकिन्छ।
    – कार्यालयका कर्मचारीसँगको प्रत्यक्ष संवाद तथा सेवाप्रवाहका अतिरिक्त सामाजिक सञ्जाल, सञ्चार माध्यम (रेडियो, टेलिभिजन, पत्रपत्रिकाहरु), टेलिफोन, इमेल आदिको माध्यमबाट पनि जनसम्पर्क स्थापीत गर्न सकिन्छ। विगतमा सरकारी कार्यालयहरुमा जनसम्पर्कलाई कम महत्त्व दिएको पाइन्थ्यो भने हाल सोधपुछ कक्ष (Help Desk), Customer Care Unit (CCU), Customer Response Unit (CRU), Clint/Customer or Civil Response Team (CRT) जस्ता विविध नाम दिई सम्पर्क स्थापना कक्षहरु स्थापना गर्ने गरिएको पाइन्छ।
    – सार्वजनिक संघसंस्था र सरकारी कार्यालयका कर्मचारीको भूमिकामा आएको परिवर्तन, सरकारको भूमिकामा आएको परिवर्तन, जनताको अपेक्षा तथा सेवाग्राहीको आलोचना र विरोधबाट बच्न तथा जानकारी दिन जनसम्पर्कले महत्त्वपूर्ण भूमिका खेल्दछ।
    सार्वजनिक सेवाप्राहमा जनसम्पर्कको महत्त्व
    – सेवा प्रवाह गर्न तथा सूचना, जानकारी, अनुभव आदानप्रदान गर्न,
    – जनगुनासोको सम्बोधन गर्न,
    – सेवाप्रवाहबारे सेवाग्राहीलाई जानकारी दिन,
    – कार्यालयको गतिविधिलाई पारदर्शी बनाई ख्याति कमाउन तथा जनविश्वास र समझदारी बढाउन,
    – समस्या समाधानका लागि सरोकारवालाबाट उचित राय, सुझाव, परामर्श प्राप्त गर्न,
    – जनताको इच्छा, आवश्यकता, चाहनाको बारेमा जानकारी प्राप्त गरी सार्वजनिक सेवा प्रवाहको गुणस्तर वृद्धि गर्न,
    – जनता, सेवाग्राही, सरोकारवालाबाट मद्दत, सहयोग प्राप्त गर्न,
    – कार्यालयको कामप्रति जनताको प्रशंसा, प्रतिक्रिया, पृष्ठपोषण प्राप्त गर्न,
    – कार्यसञ्चालनमा प्रभावकारिता र कार्यसम्पादनमा सफलता हासिल गर्न,
    – सेवा प्रदायक तथा सेवाग्राहीबीच सम्मानको अवस्था सिर्जना गरी विश्वसनियता अभिवृद्धि गर्न।

    २. निजामती सेवाको गठन वारे लेख्नुहोस्। ५

    निजामती सेवाको गठन 

    देशको प्रशासन सञ्चालन गर्न निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु तथा निजामती कर्मचारीहरुको व्यवस्थापन र सञ्चालनका सम्बन्धमा सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय निकायको रुपमा काम गर्दछ। निजामती सेवा ऐन, २०४९ को दफा ३ बमोजिम नेपाल सरकारले देहाय बमोजिमका निजामती सेवाहरुको गठन गरेको छ :

    १. नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा
    २. नेपाल इन्जिनियरिङ सेवा
    ३. नेपाल कृषि सेवा
    ४. नेपाल न्याय सेवा
    ५. नेपाल परराष्ट्र सेवा
    ६. नेपाल प्रशासन सेवा
    ७. नेपाल लेखापरीक्षण सेवा
    ८. नेपाल वन सेवा
    ९. नेपाल विविध सेवा
    १०. नेपाल शिक्षा सेवा

    ३. विद्युतीय शासन भनेको के हो ? नेपालमा विद्युतीय शासन लागू गर्नुपर्नाका कारण चर्चा गर्दै नेपालमा विद्युतीय शासन लागू गर्ने सम्बन्धमा देखिएका समस्या उल्लेख गर्नुहोस्। १+२+२=५

    शासन प्रणालीलाई गुणस्तरीय,जनमुखी,स्वच्छ,पारदर्शी,भ्रष्टाचारमुक्त र प्रभावकारी बनाउनका लागि विद्युतीय सूचना र सञ्चारमाध्यमको प्रयोग

    विद्युतीय शासन 

    – शासन प्रणालीलाई गुणस्तरीय,जनमुखी,स्वच्छ,पारदर्शी,भ्रष्टाचारमुक्त र प्रभावकारी बनाउनका लागि विद्युतीय सूचना र सञ्चारमाध्यमको प्रयोग गर्नुलाई विद्युतीय शासन भनिन्छ।
    – विद्युतीय शासन प्रविधिमा आधारित त्यस्तो शासन व्यवस्था हो, जहाँ सार्वजनिक सूचना तथा सेवा सूचना प्रविधिजन्य साधनहरूको प्रयोगमार्फत वितरण गरिन्छ। यो प्रणाली मार्फत सरकार, नागरिक तथा अन्य सरोकारवालाहरूबीच विद्युतीय रूपमा अन्तरक्रिया गर्न सम्भव एवं सहज हुन्छ।
    – विद्युतीय शासनका माध्यमबाट सार्वजनिक सेवालाई आधुनिकीकरण गर्न तथा नागरिक र सरकारबीचको सम्बन्ध तथा सम्पर्कलाई फराकिलो बनाउन सकिन्छ। यसबाट ई–गभर्नेन्स कायम गर्न सम्भव हुन्छ।
    – नेपालको संविधान, विद्युतीय कारोबार ऐन, सूचना प्रविधि नीति एवं सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधिले समेत विद्युतीय शासनमा जोड दिएका छन्। यद्यपि, पयुक्त प्रविधिको कमी, प्राविधिक ज्ञानको अभाव र कमजोर नागरिक चेतनाका कारण नेपालमा अपेक्षाकृत रूपमा विद्युतीय शासनको प्रयोग हुन नसकेको तितो यथार्थ हामीसामु रहेको छ।

    नेपालमा विद्युतीय शासन लागू गर्नुपर्नाका कारण

    – सार्वजनिक सेवामा सर्वसाधारण नागरिकको पहुँच पुर्‍याउन,
    – सरकारको कागजविहीन प्रशासनको मान्यतालाई सार्थक तुल्याउन,
    – सरोकारवाला निकायहरूबीच विश्वासको अवस्था सिर्जना गर्न,
    – एकीकृत सार्वजनिक सेवा वितरण प्रणालीलाई स्थापित गर्न,
    – सेवा प्रवाह प्रक्रियालाई सरलीकरण गर्न,
    – सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई बढावा दिन,
    – सीमाविहीन सार्वजनिक सेवा वितरण प्रणाली स्थापित गर्न,
    – सार्वजनिक निकाय तथा पदाधिकारीलाई उत्तरदायी बनाउन,
    – सहभागितामूलक शासन प्रणाली स्थापित गर्न,
    – सेवाको लागत र समय बचत गर्न,
    – सेवा तथा सूचना वितरणमा पारदर्शिता कायम गर्न,
    – सेवा प्रवाहका क्रममा लाग्ने समय तथा लागतलाई न्यूनीकरण गर्न,
    – ई–गभर्नेन्स लागू गर्न,

    नेपालमा विद्युतीय शासन अवलम्बनमा देखिएका समस्या

    – विद्युतीय कारोबारलाई व्यवस्थित गर्न बनाइएका ऐन कानुनको कार्यान्वयन प्रभावकारी नहुनु,
    – दक्ष जनशक्तिको कमी हुनु एवं भएको जनशक्तिलाई तालिम प्रशिक्षण नहुनु,
    – कर्मचारीतन्त्रमा परिवर्तनलाई आत्मसात् गर्ने प्रवृत्तिको विकास हुन नसक्नु,
    – नागरिक चेतना कमजोर हुनु,
    – गाउँ र सहरबीच प्रविधिको उपयोग सम्बन्धमा दूरी हुनु,
    – सूचना सञ्चार प्रविधिको क्षेत्र सरकारको मूल प्राथमिकतामा नपर्नु,
    – प्रतिभा पलायनको समस्या रहनु,
    – सूचना प्रविधिको विकास केन्द्र र सहरी क्षेत्रमा मात्र सीमित हुनु,
    – डिजिटल सूचना तथा तथ्यांक आदान–प्रदान गरी उपयोग गर्ने संस्कारको अभाव हुनु,
    – सबै सरकारी निकायको वेबसाइट नबन्नु र भएका निकायमा समेत समयमा अद्यावधिक नहुनु,
    – निर्माण भएका सफ्टवेयरहरू पूर्ण रूपमा उपयोगमा ल्याउन नसक्नु,
    – विद्युतीय अपराध नियन्त्रण नहुनु,

    अन्त्यमा, प्रत्येक व्यक्तिको हातहातमा सरकार भन्ने अवधारणालाई सार्थक तुल्याउन विद्युतीय शासन अवलम्वन गर्नुको विकल्प छैन। विद्युतीय शासनका माध्यमबाट सेवामा सरलता, शीघ्रता र गुणस्तर कायम गर्दै सुशासनलाई मूर्त रूप दिन सकिन्छ। यसका लागि बलियो कानुन, प्रशासनिक सक्रियता, नागरिक चेतना विकास गर्दै कागजविहीन सरकार निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो।

    ४. सार्वजनिक प्रशासन भनेको के हो ? सार्वजनिक प्रशासनको महत्व उल्लेख गर्नुहोस। २+३=५

    सरकारद्धारा गरिने समूर्ण क्रियाकलापहरुको समष्टिगत रुप

    सार्वजनिक प्रशासन 

    – सामान्य अर्थमा हेर्ने हो भने सरकारद्धारा गरिने समूर्ण क्रियाकलापहरुको समष्टिगत रुपलाई सार्वजनिक प्रशासन भनिन्छ। संविधानले परिकल्पना गरेका राजनैतीक, आर्थिक र सामाजिक उदेश्य हासिल गर्न होस वा भौतिक स्रोत साधनको उच्चतम प्रयोग गर्न किन नहोस सार्वजनिक प्रशासनको महत्वपूर्ण भूमिका रहेको हुन्छ।
    – सरकारले देशको विकाश, समृद्धि र विकाशको लागि राखेको लक्ष्य, उदेश्यहरु पूरा गर्ने संयन्त्र नै सार्वजनिक प्रशासन हो।
    – सार्वजनिक प्रशासन सरकारको कामकारवाहिको समग्रता हो।

    समग्रमा सार्वजनिक प्रशासन भन्नाले,

    – सरकारी प्रशासन, लोक प्रशासन वा जनप्रशासन,
    – सरकारको दात, आखाँ र कान ,
    – राज्यको नीति कार्यान्वयन गर्ने महत्वपुर्ण संयन्त्र ,
    – जनहितको लािग जारी गरिएको महत्वपुर्ण संयन्त्र ,
    – सरकार र जनतावीचको सन्वन्ध सेतु ,
    – सार्वजनिक प्रशासन कुनैपनि देश तथा सरकारको मुटु ,
    – राष्ट्रको आर्थिक, सााजिक परिवर्तनको संवाहक,
    – समाजको विकास र परिवर्तन गर्ने एउटा उपकरण।

    सार्वजनिक प्रशासनको महत्व :

    – आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सवल वातावरण तयार गर्न ,
    – राज्यका प्रशासनिक गतिविधिहरुको कार्यन्वयन र संचालन गर्न ,
    – दक्ष सक्षम र सवल प्रशासनिक संयन्त्रको विकास गर्न ,
    – विभिन्न कार्यसँग सम्वन्धित अधिकारीहरुलाई प्रशासनिक उत्तरदायित्व निर्वाह गराउन ,
    – सर्वाङ्गिण जनताको हित र समुन्नतिको लागि सामाजिक, आर्थिक र राजनितिक न्याय प्रदान गर्न ,
    – संविधानले परिकल्पना गरेको राजनैतीक, आर्थिक र सामाजिक उदेश्य हासिल गर्न,
    – विकास गतिविधिको प्रभावकारिता निर्धारण गर्न ,
    – मानविय एवं भौतिक साधनहरुको उच्चतम उपयोग गर्न
    – वितरणात्मक न्याय प्रदान गरी समाजमा पिछडिएको र न्युन आय भएका व्यक्तिहरुको हित प्रवद्र्धन गर्ने

    अन्त्यमा,

    जनताको हित, कल्याण,सुख शान्ति, सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने सार्वजनिक प्रशासनलाई नविन दर्शनको रुपमा लिन सकिन्छ। मानिसको सभ्यता सफल वा असफल भनि निर्धारण गर्ने महत्वपुर्ण माध्यम सार्वजनिक प्रशासन हो। तसर्थ सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी,निष्पक्ष,समावेशी,सवल,जवाफदेही,सुसासन युक्त वनाउदै जनतालाई पुर्‍याउनु पर्ने सेवा सुविधा समयमै पुर्‍याई जनसन्तुष्टि हासिल गर्नुपर्ने देखिन्छ।

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100