काठमाडौँ– सरकारले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले शाक्यलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
आज (बुधबार) मन्त्रिपरिषद् बैठकले काठमाडौँका शाक्यलाई विकास आयुक्तमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।
नवनियुक्त विकास आयुक्तले काठमाडौँ उपत्यकाको योजनाबद्ध विकास, पूर्वाधार व्यवस्थापन तथा प्राधिकरणसँग सम्बन्धित जिम्मेवारी सम्हाल्नेछन्।