सरकारबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको तयारी पूरा - Chaitanya News
  • 2026-07-17
  • 18:52:31
  • शुक्रबार,साउन ०१, २०८३
  • सरकारबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको तयारी पूरा

    सरकारबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको तयारी पूरा

    काठमाडौँ– आर्थिक वर्ष २०८२–०८३ को लागि सरकारबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको तयारी पूरा भएको छ।

    संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रमका लागि आज बिहान संसद् भवन नयाँ बानेश्वरमा पूर्वाभ्यास गरिएको संसद् सचिवालयले जनाएको छ।

    साथै, आज (शुक्रवार) दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम छ।