काठमाडौँ– आज (शुक्रबार) बिहान १० बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको छ । बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ । बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने अपेक्षा गरिएको छ।
पारित नीति तथा कार्यक्रम आजै दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन्।
बैठकमा शिक्षक, चिकित्सक लगायतसँग भएका सहमति र विभिन्न मन्त्रालयका नियमित एजेन्डामा पनि छलफल हुने बताइएको छ। यसका साथै मन्त्रालयहरुका नियमित प्रस्तावहरुमाथि पनि छलफल तथा निर्णय हुनेछ।