पोखरामा भोलि र पर्सी पर्वतीय महोत्सव आयोजना हुँदैछ, के छन् मुद्दा? - Chaitanya News
  • 2026-06-03
  • 07:48:28
  • बुधबार,जेठ २०, २०८३
  • पोखरामा भोलि र पर्सी पर्वतीय महोत्सव आयोजना हुँदैछ, के छन् मुद्दा?

    पोखरामा भोलि र पर्सी पर्वतीय महोत्सव आयोजना हुँदैछ, के छन् मुद्दा?

    पोखरा– पोखरामा भोलि र पर्सी पर्वतीय महोत्सव आयोजना हुँदैछ। अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसरमा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयले सातौं संस्करणको महोत्सव आयोजना गरेको हो।

    महोत्सवमा हिमाली क्षेत्रका मुद्दालाई प्राथमिकतामा राखि विविध कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ। खासगरी सगरमाथा आधार शिविर व्यवस्थापन, प्रविधि तथा अन्वेषणको प्रवद्र्धन तथा प्रदर्शन, पोखरामा पर्यटकलाई दोब्बर बृद्धि गर्नका लागि महोत्सव केन्द्रित रहने छ। यस्तै, हिमाली क्षेत्रका समस्या र समाधानका विषयमा छलफल हुने छ भने त्यस क्षेत्रका उत्पादनको बजारीकरण गरिने छ।

    संग्रहालयकी निर्देशक निर्मला न्यौपानेका अनुसार पर्वतीय क्षेत्रमा उत्पादित हुने वस्तु र खेलिने खेललाई प्राथमिकतामा राख्दै कार्यक्रमका इभेण्ट तय गरिएको छ। दुई दिन हुने महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्द किशोर पुनले गर्ने छन्। अन्तर्राष्ट्रिय पर्वतीय दिवसमा यस वर्षकोको नारा ‘वुमन मुभ माउन्टेन’ रहेको छ। महोत्सवमा दुबै दिन साहसिक खेललाई समावेश गर्दै जीपलाइन पनि राखिएको छ।