काठमाडौँ– हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । अहिले काठमाडौंसहित विभिन्न जिल्लामा पानि परीरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी तथा स्थानीय वायु तथा बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशका पहाडी भू(भागका थोरै स्थानमा तथा बाँकी भू(भागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका हिमाली भू(भागका थोरै स्थानमा हिमपातको पनि सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ।
राति देशको पहाडी भू–भागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ।