चालु वर्ष मुलुकको प्रतिव्यक्ति आय १५१७ अमेरिकी डलर पुग्ने - Chaitanya News
  • 2026-11-16
  • 16:06:00
  • सोमबार,मंसिर ०१, २०८३
  • चालु वर्ष मुलुकको प्रतिव्यक्ति आय १५१७ अमेरिकी डलर पुग्ने

    चालु वर्ष मुलुकको प्रतिव्यक्ति आय १५१७ अमेरिकी डलर पुग्ने

    काठमाडौं– चालु आर्थिक वर्ष मुलुकको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने भएको छ।

    आज (बुधबार) राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रक्षेपणअनुसार यो वर्ष प्रतिव्यक्ति आय जम्मा ५० डलर बढ्नेछ।

    गत आर्थिक वर्षको अन्त्यमा प्रतिव्यक्ति आय १ हजार ४६७ अमेरिकी डलर थियो। गत वर्ष प्रतिव्यक्ति आय ५७ डलर बढेको थियो।