आन्दोलनरत शिक्षकहरूसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको छ : सत्ता गठबन्धन - Chaitanya News
  • 2025-05-15
  • 16:24:33
  • बिहिबार,जेठ ०२, २०८२
  • आन्दोलनरत शिक्षकहरूसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको छ : सत्ता गठबन्धन

    आन्दोलनरत शिक्षकहरूसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको छ : सत्ता गठबन्धन

    काठमाडौँ– आन्दोलनरत शिक्षकहरूसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको सत्ता गठबन्धनको निष्कर्ष निकालेको छ।

    आज (बुधबार) बालुवाटारमा बसेको गठबन्धनको बैठकले आज दिन भरीमा सरकार र शिक्षकहरूबिच सहमति हुने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनले आज सहमति भएर भोलिदेखि सहज ढंगले पठनपाठन हुने विश्वास व्यक्त गरे।

    ‘सरकारले उहाँहरूको मागलाई खेलाँची गरेको छैन। उहाँलाई सुरुदेखि नै वार्तामा बोलाएको हो। विभिन्न कारणले आउन सक्नुभएन। निवर्तमान शिक्षामन्त्रीले पनि धेरै प्रयत्न गर्नुभएको थियो। विधेयक समितिमा छ। उहाँहरूले विधेयक नली जान्न भन्ने खालको कुरा गरेपछि ढिला भएको हो उनले भने।’