काठमाडौँ– आज (बुधबार) संघीय संसद् अन्तर्गत दुई संसदीय समितिको बैठक बस्ने तय भएको छ ।
बिहान ८ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बसेको छ। बैठकमा सिड (सीईडीएडब्लु)को आधारभूत सिफारिस नम्बर ३९ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।
यस्तै, दिउँसो ३ बस्ने बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) को बैठक बस्दैछ ।
बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०–८१को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ।