सत्ता पक्षीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका विषय - Chaitanya News
  • 2026-05-14
  • 00:39:16
  • बुधबार,बैशाख ३०, २०८३
  • सत्ता पक्षीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका विषय

    सत्ता पक्षीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका विषय

    काठमाडौँ– आज (बुधबार) ११ बजे सत्ता पक्षीय दलका शीर्ष नेताहरुको बैठक बस्ने तय भएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    बैठकमा समसामयिक राजनीति, शिक्षक आन्दोलन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषयमा छलफल हुनेछ। विभिन्न चरणमा वार्ता हुँदा पनि अहिलेसम्म शिक्षक र सरकारबीच सहमति हुन सकेको छैन।

    विद्यालय शिक्षा विधेयकमाथि शिक्षा समितिको बैठकमा छलफल चलिरहेको छ। चिकित्सक आन्दोलन, सहकारी तथा निजामती कर्मचारीहरूको आन्दोलनलगायत विषयमा पनि छलफल हुनेछ।