आजको मौसम: पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना - Chaitanya News
  • 2026-07-16
  • 22:11:18
  • बिहिबार,आषाढ ३२, २०८३
  • आजको मौसम: पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

    आजको मौसम: पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौँ– हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ।

    दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने छ। देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरी चल्न सक्ने छ।

    त्यसै गरी, आज राति देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ। कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।