काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरूका सिफारिस अनुसार काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आज (मंगलबार) काँग्रेस पार्टी कार्यालयमा पार्टीको विपन्न उत्थान समन्वय विभागले तयार पारेको विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सहितको प्रतिवेदन बुझ्दै सभापति देउवाले विभागहरूको सक्रियताको प्रशंसा गरेका छन्।
सभापति देउवाले भने, ‘पार्टीका विभिन्न विभागबाट प्राप्त हुने सुझावहरूलाई ध्यानमा राखेर नेपालको अर्थतन्त्रले भ्याएसम्म कामहरू अगाडि बढाउँछौँ।
उनले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील र नयाँ ऊर्जा थपेको बताए। लामो अध्ययन, छलफल, भेटघाट र विज्ञहरूसँग भएको अन्तरक्रिया लगायतका कार्यक्रमहरूबाट प्राप्त हुने विषयवस्तुहरू पार्टीको भावी रणनीतिको तर्जुमाका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले काँग्रेसको विपन्न उत्थान समन्वय विभागले आफ्नो क्षेत्राधिकारभित्र रहेर सबै विषय वस्तुहरूलाई समेटेर प्रतिवेदन पेस गरेकोमा विभागका प्रमुखसहित सदस्यहरूलाई धन्यावाद दिए।
‘