भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित - Chaitanya News
  • 2026-11-16
  • 15:59:09
  • सोमबार,मंसिर ०१, २०८३
  • भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित

    भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित

    काठमाडौं– भन्सार विधेयक पारित भएको छ । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। जसलाई प्रतिनिधिसभाले पारित गरेको हो।

    यो विधेयक अघिल्लो सरकारले ल्याएको थियो। तत्कालीन अर्थमन्त्री डा। प्रकाश शरण महतले १८ असोज २०८० मा प्रतिनिधिसभामा दर्ता गरेका थिए।

    १८ चैत २०८० मा दफावार छलफलका लागि प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा पुगेको थियो। अर्थ समितिबाट पारित भएर १४ वैशाख २०८१ मा सभामा गएको थियो।

    अब यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउँछ। सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा कार्यान्वयनमा आउनेछ।