काठमाडौँ– नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले ‘शिक्षकहरूलाई विद्यालयमा फर्काउन सरकार वार्तामै भएको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले सदनप्रति सरकार जिम्मेवार रहेको बताए।
विपक्षी दलहरूले आन्दोलनरत शिक्षकहरूको माग र समाधानसहितका ६ बुँदे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भए पनि कार्यसूचीमा नपरेपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकार संसद्प्रति जबाफदेही नभएका आरोप लगाएका थिए।
त्यसको जवाफमा बर्तौलाले सदनमा उठिरहेको विषय समाधान गर्नको लागि सरकार लागिरहेको बताए।
उनले भने, ‘यो विषयमा सरकार अनुदार बनेको छैन। आज बेलुकासम्म समस्या समाधान भएर शिक्षकहरू विद्यालय फर्किँदा हामी सबैलाई सहज गर्छ। अहिले वार्ता भइरहेको छ।’