वी.पी.कोइराला र योगमाया राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्तिको नाम घोषणा, कसलाई प्रदान गरिंदैछ ? - Chaitanya News
  • 2026-11-16
  • 16:20:55
  • सोमबार,मंसिर ०१, २०८३
  • वी.पी.कोइराला र योगमाया राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्तिको नाम घोषणा, कसलाई प्रदान गरिंदैछ ?

    वी.पी.कोइराला र योगमाया राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्तिको नाम घोषणा, कसलाई प्रदान गरिंदैछ ?

    काठमाडौं– संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वी.पी.कोइराला र योगमाया राष्ट्रिय पुरस्कार–२०८१ बाट सम्मानित हुने व्यक्तिको नाम घोषणा गरेको छ।

    यही वैशाख ४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार वीपी कोइराला राष्ट्रिय पुरस्कार दुवै विधामा दुई–दुई जनालाई प्रदान गरिने भएको छ।

    राजनीतीक दर्शनतर्फ सुनसरीकी मीना सुब्बा र अछामका नयनसिंह कडायतलाई प्रदान गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ। यो पुरस्कार २ लाख राशिको हो। दुई जनालाई एकरएक लाखका दरले प्रदान गरिनेछ।

    साहित्यतर्फ पाँचथरका तिलविक्रम नेम्बाङ ९बैरागी काइँला० र मोरङका भुवन ढुंगानालाई प्रदान गरिने भएको छ। यसको राशि पनि २ लाख नै हो। एक–एक लाखका दरले प्रदान गरिने मन्त्रालयले जनाएको छ।

    यस्तै मन्त्रालयको यही वैशाख ७ गते को निर्णय अनुसार एक लाख राशिको योगमाया राष्ट्रिय पुरस्कार बर्दियाकी डा।निलम कार्की निहारिकालाई प्रदान गरिनेछ।