सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस - Chaitanya News
  • 2026-05-14
  • 01:44:29
  • बुधबार,बैशाख ३०, २०८३
  • सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

    सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

    काठमाडौँ– नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–८० र २०८०८१ पेस गरेका हुन्।

    संविधानको धारा ५३ अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले राष्ट्रपति समक्ष पेस गर्ने व्यवस्था रहेको छ। राष्ट्रपतिले पुनः त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसद् समक्ष पेस गर्ने व्यवस्था रहेको छ।