सुमना श्रेष्ठले भनिन् :राज्य अधिनायकबाद तर्फ हिँडिरहेको भान भयो - Chaitanya News
  • 2026-05-14
  • 01:45:38
  • बुधबार,बैशाख ३०, २०८३
  • सुमना श्रेष्ठले भनिन् :राज्य अधिनायकबाद तर्फ हिँडिरहेको भान भयो

    सुमना श्रेष्ठले भनिन् :राज्य अधिनायकबाद तर्फ हिँडिरहेको भान भयो

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले राज्य अधिनायकबाद तर्फ हिँडिरहेको भान भएको बताएकी छन् । आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    यस्तै उनले भनिन्, ‘राज्य अधिनायकवाद तर्फ हिडिँरहेको हो कि भन्ने भान भइरहेको छ। सरकार बहुमतको अत्याचारतिर त गइरहेको छैन ?

    पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेकी सांसद श्रेष्ठले शिक्षक आन्दोलनमा दमन भएको भन्दै सरकारको ध्यानाकर्षण गरिन्।

    शिक्षकलाई पनि दलको सदस्यता त्याग्न उनको आग्रह छ। ‘शिक्षकहरू तपाईं दलको सदस्यता लिएर कार्यकर्ता बन्नुहुन्छ। त्यसपछि उठबस भन्दा त्यसो गर्नुपर्ने हुन्छ। शिक्षक दलको सदस्य हुन हुँदैनश,’ उनले भने।

    शिक्षकमाथि भएको दमनप्रति समीक्षा गर्दै उनीहरूका माग सम्बोधन गर्नेतिर ख्याल गर्न सरकारलाई उनको आग्रह छ।