काठमाडौँ– आज (सोमबार) बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्ने तय भएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–८० र २०८०र८१ु पेस गर्ने कार्यसूची रहेको छ।
यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
आजकै बैठकमा शिक्षामन्त्री रघुजी पन्तले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।