काठमाडौँ– हाल देशभर आंशिक देखि साधारणतया बदली छ। भने, बागमती प्रदेशका केही तथा कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी एकदुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेको छ।
लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू(भागका थोरै स्थानमा तथा बाँकी भागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना छ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।