काठमाडौँ– आज (आइतबार) सवा १ बजे संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने तय भएको छ। बैठक संघीय संसद् भवनमा बस्नेछ।
आजको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरूबारे जानकारी गराउने छन्। अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूचीमा रहेको संसद् सचिवालयले जानकारी दिएको छ।
राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन( विधेयक, २०७९’का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश बैठकमा प्रस्तुत गर्नेछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन विधेयक, २०८१ पेस गर्ने सम्भावित कार्यसूची छ।