धनगढी- ’शिक्षा र संस्कारको सङ्गम’ चैतन्य पाठशालाले चैतन्य आदर्श अभिभावक शिक्षा’ कार्यक्रम सँगै आमा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमा पाठशालाको तर्फबाट स्वागत गर्दै विद्यालयका अध्यक्ष गणेश प्रसाद जोशी ले पाठशाला का गतिविधि बारे प्रकाश पारेका थिए भने कार्यक्रमको सभापतित्व जेष्ठ आमा पार्वती बमले गर्नु भएको थियो ।
आज विद्यालय परिसरमा आयोजित कार्यक्रममा विशेष प्रेरक वक्ताका रूपमा नवराज फुयालले अभिभावकहरूलाई आदर्श बन्नका लागि आवश्यक मूल्य, सोच र व्यवहारबारे प्रेरणादायी प्रशिक्षण दिनुभएको थियो। उहाँले सकारात्मक अभिभावकत्वले बालबालिकाको समग्र विकासमा कसरी गहिरो प्रभाव पार्छ भन्ने विषयमा प्रभावशाली विचार प्रस्तुत गर्नुभयो।
कार्यक्रम बिहान ७ बजे सुरु भई लगभग ३ घण्टासम्म सञ्चालन भएको थियो। यस्ता प्रशिक्षण कार्यक्रमले आफूहरूलाई जिम्मेवार र सचेत बनाएको अभिभावकहरूको भनाई रहेको थियो ।
कार्यक्रममा चैतन्य पाठशालाका शिक्षक तथा व्यवस्थापन टिमले अभिभावक र विद्यालयबिचको सहकार्य, संस्कारको भूमिकालगायतका महत्त्वपूर्ण विषयमा समेत प्रकाश पारेका थिए ।
अन्त्यमा बेल्दै चैतन्य पाठशालाका प्राचार्य प्रेम निधी ओझाले सम्पूर्ण सहभागी अभिभावक, वक्ता तथा कार्यक्रम सफल बनाउन योगदान पु¥याउने सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा यस्ता ज्ञानमूलक कार्यक्रमहरूलाई अझ व्यापक बनाउने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा ३ सय भन्दा बढी अभिभावकको सहभागिता रहेको थियो ।