काठमाडौँ– नेपालको राजतन्त्र संवैधानिक हुनै नसक्ने नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाले बताएका छन्। आज (बहीबार) काठमाडौँ आयोजित लोकतन्त्र दिवसको अवसरमा सेन्टर फर डेमोक्रेसी डाइलगमायो विषय नेपाली समाजको नभएको र यसमा बोल्न आवश्यक नभएको उनले बताए।
यस्तै उनले भने, ‘इतिहासमा मिल्काइसकेको विषयमा चर्चा गर्नु जरुरी छैन। हामी यो विषयमा उत्तेजनामा आउनु हुँदैन। सिकेर आउने हो।
यसलाई चर्चा गर्न आवश्यक छैनभन्दा झन् चर्चा गरेजस्तो भएको उनको भनाइ थियो। थापाले भने, ‘यो विषयमा हामी उत्तेजनामा आउने पनि होइन, भाग्ने पनि होइन।
त्यस्तै उनले अहिलेको नेतृत्व वैधानिक भएको तर अवैध भएको भएको तर्क गरेर साथै यो नै अहिलेको सबैभन्दा ठुलो समस्या भएको पनि बताए। पार्टीभित्रबाट शक्ति प्राप्त गरेकाले वैधानिक छ तर आम मानिसबाट विश्वास र भरोस टुटिसकेको छ त्यसैले ऊ अवैध छ।
वैधानिक तर अवैध नेतृत्व आजको डेमोक्रेसीको सबैभन्दा ठुलो समस्या हो’, थापाले भने। तर नेतृत्वले अवैध छ भन्ने कुरा मान्दै नमान्ने गरेको थापाले बताए।
त्यसैले वैधानिक बाटोबाटै नेतृत्व बदल्ने कुरा सायद हाम्रो सबैभन्दा ठुलो मुख्य विषय होला। तर यो बदलिँदैमा सबै नबदलिने पनि उनले बताए। हाम्रो वैधानिक तर अवै नेतृत्व बदल्ने कुरा हाम्रो डेमोक्रेसीको अहिले आएको संकटबाट यसलाई बाहिर निकाल्नका निम्ति नेसेसरी कन्डिसन हो।