अध्यक्ष प्रचण्डले भने: नयाँ समीकरणको परिपक्व आधार बन्दैछ, देउवाजी फर्किएपछि थप कुरा हुन्छ - Chaitanya News
  • 2026-05-14
  • 01:45:25
  • बुधबार,बैशाख ३०, २०८३
  • अध्यक्ष प्रचण्डले भने: नयाँ समीकरणको परिपक्व आधार बन्दैछ, देउवाजी फर्किएपछि थप कुरा हुन्छ

    अध्यक्ष प्रचण्डले भने: नयाँ समीकरणको परिपक्व आधार बन्दैछ, देउवाजी फर्किएपछि थप कुरा हुन्छ

    काठमाडौँ– नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु धेरै नभएको बताएको छ ।

    आज (बिहीबा) बसेको संसदीय दलको बैठकमा बोःल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकार सत्तारुढ दलभित्रकै अन्तर्विरोधको कारणले ढल्ने परिस्थितिमा पुगिसकेको ब्रिफिङ गरेको हुन्।

    उनले भने, ‘देउवाजी अहिले थाइल्याण्ड जानुभएको छ। उहाँ फर्किएपछि औपचारिक कुराकानी हुन्छ। उहाँ जानुअघि पनि सामान्य कुराकानी त भएको छ। थप छलफल चाहिँ फर्किएर आइसकेपछि औपचारिक कुराकानी हुन्छ।

    उनले बैठकमा आफूहरू सरकारमा जाने भन्दा पनि सरकारबाहिर बसेर काँग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने भन्नेमा जोड रहेको बताए।

    उनले भने, ‘हामीले सरकारबाहिर बसेर समर्थन गर्ने कुरामा जोड दिएका छौँ। तर, उहाँहरूले सरकारमै सामेल हुनुपर्छ भन्ने खालको प्रारम्भिक कुराकानी भएको छ। यो सरकार उनीहरूबीचको आन्तरिक अन्तरविरोधकै कारणले ढल्ने देखिन्छ। हामीले ढाल्न खोजेर होइन। काँग्रेस(एमालेभित्र अहिले अन्तर्विरोध चुलिएको छ। बजेटसम्म पुग्दा क्लाइमेक्समा पुग्छ। गभर्नर नियुक्ति पनि अड्किरहेको छ। त्यसैले उहाँहरूबीचको स्वार्थको कारणले सरकार ढल्ने देखिन्छ।