लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी शाखाले सातौं जिल्ला अधिवेशनमा राष्ट्रिय कलासँगै श्रष्टा सम्मान गर्ने - Chaitanya News
  • 2026-05-24
  • 19:47:28
  • आइतबार,जेठ १०, २०८३
  • लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी शाखाले सातौं जिल्ला अधिवेशनमा राष्ट्रिय कलासँगै श्रष्टा सम्मान गर्ने

    लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी शाखाले सातौं जिल्ला अधिवेशनमा राष्ट्रिय कलासँगै श्रष्टा सम्मान गर्ने

    गुल्मी– लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी शाखाले सातौं जिल्ला अधिवेशनमा राष्ट्रिय स्तरकारका कलाकारसँगै श्रष्टा सम्मान गर्ने भएको छ। प्रतिष्ठान गुल्मीले यहिँ मंसिर २९ गते देखि पुस २ गतेसम्म संस्थाको सातौं जिल्ला अधिवेशन गर्न लागिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष बसन्त खत्रीले जानकारी दिए।

    अधिवेशनको अबसरमा मंसिर २९ गतेबाट पुस २ गतेसम्म तम्घासमा बिभिन्न रचनात्मक कार्यक्रम गर्न लागिएको खत्रीले बताए। पुस २ गते हुने मञ्चको कार्यक्रममा राष्ट्रिय कलाकारसँगै बिभिन्न व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम राखिएको अध्यक्षले खत्रीले बताए।

    प्रतिष्ठान गुल्मीले उत्कृष्ट पत्रकार सम्मान, उत्कृष्ट कार्यसमिति सम्मान र संस्थालाई सहयोग गर्ने व्यक्तिलाई पनि सम्मान गर्ने कार्यक्रम राखिएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए। प्रतिष्ठान गुल्मीले नयाँ कलाकारलाई प्रोत्साहन स्वरुप ०७१ सालबाट गुल्मी लोक तारा सञ्चालन गर्दै आएको थियो। तर यसपटक बिबिध कारणले त्यो कार्यक्रम गर्न नसकिएको जनाएको छ।