प्रधानमन्त्रीको नेतृत्वप्रति सोबिताले उठाइन प्रश्न: यो तपाईँको नेतृत्व हैन, असक्षमता हो’ - Chaitanya News
  • 2026-05-14
  • 04:42:34
  • बुधबार,बैशाख ३०, २०८३
  • प्रधानमन्त्रीको नेतृत्वप्रति सोबिताले उठाइन प्रश्न: यो तपाईँको नेतृत्व हैन, असक्षमता हो’

    प्रधानमन्त्रीको नेतृत्वप्रति सोबिताले उठाइन प्रश्न: यो तपाईँको नेतृत्व हैन, असक्षमता हो’

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वप्रति प्रश्न उठाएकी छिन्।

    देशभरका शिक्षकहरूको आन्दोलन र विभागीय मन्त्रालय खाली रहेको अवस्थामा प्रधानमन्त्रीले बालुवाटारबाट ‘एक्लै शो’ चलाएको बताउँदै उनले प्रधानमन्त्रीको सक्षमतामाथि प्रश्न उठाएकी हुन्।

    देशभरि आन्दोलन छ, मन्त्रालय खाली छ,’ सांसद गौतमले भनेकी छिन्, ‘र, तपाई एक्लै शो चलाउँदै हुनुहुन्छ। नेतृत्व हैन यो, असक्षमता हो।’

    साथै, उनले शिक्षकको आन्दोलन चुलिएको अवस्थामा प्रधानमन्त्रीले एकोहोरो आदेश बर्साइरहेको भन्दै आक्रोश पोखेकी छिन्।

    ‘अन्ततः प्रधानमन्त्रीको ठाडो आदेशमा कक्षा १२ को परीक्षा सारिएको छ । शिक्षक आन्दोलन चुलिएको छ,’ सांसद गौतमले भनेकी छिन्, ‘मन्त्रीले राजीनामा दिनुपर्‍यो अनि प्रधानमन्त्री चाहिँ बालुवाटारबाट ठाडो आदेश बर्साइरहनुभएको छ । विद्यार्थीको भविष्य बलिको बोका, शिक्षकको आवाज मुठ्ठीमा, अनि दुई ठूला दलको “कुशलता” हेरेर जनताले ताली पिट्नुपर्ने होला, हैन ।