काठमाडौँ– नेपालको राष्ट्रिय फल सुन्तला ठुलो परिमाणमा आयात हुँदा ठुलो रकम बाहिरिएको छ। भन्सार विभागको तथ्यांकका अनुसार २०८१ चैत मसान्तसम्ममा सुन्तला आयात हुँदा १ अर्ब ६ करोड १३ लाख ५६ हजार रुपैयाँ बाहिरिएको छ।
सो मूल्य बराबरको १ करोड ५३ लाख ४३ हजार ६९५ किलो सुन्तला आयात हुँदा २० करोड ३९ लाख ३६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको विभागको तथ्याङ्कले देखाएको छ।
यस्तो सो अवधिमा ७ अर्ब ३४ करोडको स्याउ, १ अर्ब ४० करोड बराबरको ताजा अङ्गुर, ३२ करोड बराबरको खरबुजा, २५ करोड बराबरको आँप, २३ करोडको आरु २० करोडको मेवा, १७ करोडको किवी, ६ करोड बराबरको अम्बा आयात भएको छ।
यस्तै १० करोडको भुइँकटहर, ५ करोड बराबरको एभोकाडो आयात भएको छ।