काठमाडौँ– हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने, कोशी प्रदेश लगायत देशको पहाडी भू– भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी प्रदेशको तराई क्षेत्र र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो भने कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
यसैगरी आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।