किन चाहियो अतिरिक्त सचिव? : कर्मचारी ट्रेड युनिय - Chaitanya News
  • 2026-11-16
  • 17:43:54
  • सोमबार,मंसिर ०१, २०८३
  • किन चाहियो अतिरिक्त सचिव? : कर्मचारी ट्रेड युनिय

    किन चाहियो अतिरिक्त सचिव? : कर्मचारी ट्रेड युनिय

    काठमाडौं– निजामती कर्मचारी ट्रेड युनियनले अतिरिक्त सचिवको आवश्यकता किन परेको भनेर प्रश्न गरेका छन्।आज (मंगलबार) प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै युनियनका नेताहरूले यस्तो बताएका हुन्।

    अतिरिक्त सचिव किन चाहियो ?’ निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारीले भने। यो पद आवश्यक छ या छैन भन्ने विषयमा छलफल भइराखेको उल्लेख गर्दै उनले थपे, ‘अतिरिक्त सचिव राख्ने हो भने पनि अवधि नतोकी कसरी राख्ने ?

    आफूहरूको मागमा गम्भीर भइदिन युनियनका नेताहरू समितिलाई आग्रह गरे। नेपाल निजामती कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष उत्तम कटुवालले ट्रेड युनियन यथावत हुनुपर्ने बताए। आफूहरूका अन्य मागबारे सबै जानकार रहेको उल्लेख गर्दै उनले आन्दोलनमा जानपर्ने अवस्था नबनाइदिन आग्रह गरे।

    नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले कर्मचारी मैत्री निजामती ऐन बन्नुपर्ने बताए। निजामती कर्मचारी विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ।