९ महिनाको अवधिमा नेपालीमा ५८ करोड रुपैयाँको कुर्कुरे आयात - Chaitanya News
  • 2026-07-05
  • 16:33:28
  • आइतबार,आषाढ २१, २०८३
  • ९ महिनाको अवधिमा नेपालीमा ५८ करोड रुपैयाँको कुर्कुरे आयात

    ९ महिनाको अवधिमा नेपालीमा ५८ करोड रुपैयाँको कुर्कुरे आयात

    काठमाडौँ– चालु आर्थिक वर्ष २०८१–८२ को चैत मसान्तसम्मको ९ महिनाको अवधिमा नेपालीले ५८ करोड रुपैयाँ बराबरको लेज तथा कुर्कुरे आयात भएको छ।

    सो अवधिमा ५८ करोड २७ लाख १७ हजार रुपैयाँको १०६७२२६ किलो लेज कुर्कुरे, कुर्मुरे र चीज बल आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

    उक्त परिमाणको लेज कुर्कुरे, कुर्मुरे र चीज बल आयात हुँदा ३६ करोड ३२ लाख ८७ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको विभागले जनाएको छ।