खुमलटारमा नेता सिटौला र प्रचण्डबिच भेटवार्ता - Chaitanya News
  • 2026-05-05
  • 17:56:35
  • मंगलबार,बैशाख २२, २०८३
  • खुमलटारमा नेता सिटौला र प्रचण्डबिच भेटवार्ता

    खुमलटारमा नेता सिटौला र प्रचण्डबिच भेटवार्ता

    काठमाडौं– पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। आज बिहान प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच एक घण्टा लामो भेटघाट भएको हो। प्रचण्ड भेट्न बिहान ११ बजेतिर खुमलटार पुगेका सिटौला लामै छलफल सकेर त्यहाँबाट बाहिरिएका थिए।

    काँग्रेससहितका दलहरुसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको माओवादी चुनावको परिणामप्रति असन्तुष्ट रहेका बेला कांग्रेसका नेताहरुले प्रचण्डसँगको भेटलाई तीब्रता दिइरहेका छन्। अहिलेकै सत्ता गठबन्धनको सरकार गठनमा निर्णायक मानिएको माओवादीलाई विश्वासमा लिन कांग्रेसमा गठबन्धन पक्षधर भनेर चिनिएका सिटौलाले प्रचण्डलाई भेट्नुलाई चासोका साथ हेरिएको छ।