सरकारले ट्रेजरी बिलमार्फत आज २५ अर्ब २५ करोडको आन्तरिक ऋण उठाउँदै - Chaitanya News
  • 2026-07-05
  • 16:32:58
  • आइतबार,आषाढ २१, २०८३
  • सरकारले ट्रेजरी बिलमार्फत आज २५ अर्ब २५ करोडको आन्तरिक ऋण उठाउँदै

    सरकारले ट्रेजरी बिलमार्फत आज २५ अर्ब २५ करोडको आन्तरिक ऋण उठाउँदै

    काठमाडौँ– सरकारले आज (मंगलबार) ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोड रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने भएको छ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोड रुपैयाँ उठाउन लागेको जानकारी दिइएको हो।

    उक्त कार्यालयले उल्लिखित रकम बराबरको परिपक्व अवधि पूरा भएको पुरानो २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिलको नवीकरण गर्न लागेको र बाँकी ५ अर्ब नयाँ जारी गर्न लागेको जनाएको छ।

    ट्रेजरी बिलका लागि सोमबार दिउँसो नै बोलकबोल भइसकेको छ। जसअनुसार आज ट्रेजरी बिल वितरण गर्न लागेको छ।

    यसअघि सरकारले पटक पटक गरी ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक ऋणपत्रलगायत औजारमार्फत आन्तरिक ऋण सङ्कलन गरिरहेको छ।