बजेट कार्यान्वयनमा गति बढाउन मन्त्री तथा सचिवलाई मुख्यमन्त्री कँडेलको निर्देशन - Chaitanya News
  • 2026-07-05
  • 18:11:46
  • आइतबार,आषाढ २१, २०८३
  • बजेट कार्यान्वयनमा गति बढाउन मन्त्री तथा सचिवलाई मुख्यमन्त्री कँडेलको निर्देशन

    बजेट कार्यान्वयनमा गति बढाउन मन्त्री तथा सचिवलाई मुख्यमन्त्री कँडेलको निर्देशन

    कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको गति बढाउन निर्देशन दिएका छन्।

    हिजो (सोमबार) प्रदेश सरकारको सुर्खेत वीरेन्द्रनगरमा आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको प्रगति समीक्षा कार्यक्रममा उनले मन्त्री तथा सचिवलाई सो निर्देशन दिएका हुन्।

    बजेट कार्यान्वयनमा बाँकी अवधि महत्त्वपूर्ण हुने भएकाले यसमा गति बढाउन सके मात्र प्रदेश सरकारको खर्च प्रगतिमा सुधार आउने मुख्यमन्त्री कँडेलको भनाइ छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको जनाउँदै उनले लक्ष्यअनुसार प्रगति हासिल हुन नसके पनि पछिल्लो समय केही सुधार आएको उनले बताए।

    जनशक्ति पर्याप्त हुँदा पनि पर्याप्त प्रतिफल आउन नसकेकाबारे उनले सचिवलाई मुख्यमन्त्री कँडेलले गरे। “पहिला जनशक्ति पर्याप्त थिएन भनेर काम रोकिन्थे तर अहिले पर्याप्त जनशक्ति हुँदा पनि किन अपेक्षित परिणाम आउन सकेन रु समीक्षा गर्नैपर्छ”, उनले भने, “हामीले साउनदेखि मेहनत गरिरहे पनि उल्लेख्य प्रतिफल प्राप्त गर्न सकेका छैनौँ। सुशासन र बजेट कार्यान्वयनमा प्रभावकारी नतिजा आउने गरी मन्त्री तथा सचिवहरूको ध्यानाकर्षण गराउँछु।