आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-05-14
  • 04:41:45
  • बुधबार,बैशाख ३०, २०८३
  • आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज (मंगलबार) संघीय संसद् अन्तर्गत तीन संसदीय समितिहरूको बैठक बस्ने भएको छ। जसअनुसार बिहान ११ बजे बस्ने आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारबाही, कार्य प्रगति र अगामी आर्थिक वर्षको बजेट सम्बन्धमा मन्त्रालयको तयारीका विषयमा छलफल हुने कार्यसूची रहेको छ। यो सँगै खानेपानी मन्त्री प्रदीप यादवसँग छलफल गर्ने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ।

    यसैगरी, दिउसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकबैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गर्ने कार्यसूची रहेको छ।

    त्यसै गरी दिउँसो साढे २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल गर्ने कार्यसूची छ।