काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा र बाँकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मुख्यतया रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।