काठमाडौँ– चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ९ महिनामाको अवधिमा ४७ अर्ब ८५ करोड ७० लाख ९१ हजार रुपैयाँको खाद्यान्न आयात भएको भन्सार विभागले जनाएको छ।
सो समयावधिमा ६ करोड १७ लाख ३१ हजार रुपैयाँको खाद्यान्न निर्यात पनि भएको छ। खाद्यान्नमा नेपालले ४७ अर्ब ७९ करोड ५३ लाख ६० हजार रुपैयाँकै व्यापार घाटा बेहोरेको विभागको तथ्याङ्क छ।
सो अवधिमा सरकारले खाद्यान्न आयात गर्दा ४ अर्ब २९ करोड १७ लाख ४९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। नेपालमा भारत, चीन, अमेरिका लगायत विभिन्न मुलुकबाट धान, चामल, गहुँ, मकै आयात हुँदै आएको छ।