काठमाडौँ– आज (सोमबार) संघीय संसद्अन्तर्गत तीन संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ ।
जसअनुसार, बिहान ११ बजे बस्ने राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, दिउँसो पौने १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘विधायन ऐन, २०८१’ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्वसभापति रामनारायण विडारीसँग छलफल हुने कार्यसूची रहेको छ।
यसैगरी, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बेठकमा नीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ मा दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ।